जनकपुरधाम : धनुषामा अत्यधिक मदिरा सेवन गरेका एक व्यक्तिको नालामा डुबेर मृत्यु भएको छ । जनकपुरधाम-ढल्केबर सडकखण्ड अन्तर्गत कुम्हरौडा नजिक सडक छेउको नालामा आइतबार बिहान उनी मृत फेला परेका हुन् ।

मृत्यु हुनेमा जिल्लाको लक्ष्मीनिया गाउँपालिका वडा नं. ७ कुम्हरौडाका अन्दाजी ४० वर्षीय ललन महरा रहेको प्रहरीले जनाएको छ । उनले शनिबार साँझ अत्यधिक मदिरा सेवन गरेको स्थानीयले बताए । आईतबार बिहान उनको शव नालामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

मृतक रामको शव मुचुल्का गरि पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!