
जनकपुरधाम : प्रदेश २ को आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाले समुदायिक भवन र बाउन्ड्रीवाल निर्माण शिलान्यास गरेका छन ।
मन्त्री कुशवाहाको निर्वाचन क्षेत्र विकास कोषबाट क्षेत्रको विभिन्न स्थानमा दुई समुदायिक भवन र एक बाउन्ड्रीवाल निर्माणको शिलान्यास गरेका हुन ।
महोत्तरीको सम्सी गाउँपालिका- ५ पोखरभिन्डामा ३० लाखको लागतमा सामुदायीक भवनको शिलान्यास गरेका छन् । शिलान्यास गरे संगै निर्माण कार्य अगाडी बढाईएको छ ।
त्यस्तै सम्सी गाउँपालिका- ४ गाढामा १५ लाखको लागतमा सामुदायीक भवन समेत मन्त्री कुशवाहाले शिलान्यास गरेका छन् ।त्यस्तै सम्सी गाउँपालिका – ३ लक्ष्मीनियामा रामजानकी कुटिको जगामा बाउनड्री वाल निर्माण लाग्यतका कामका लागि सिल्यनास गरेका छन ।
उक्त कार्यक्रममा पूर्व स्वास्थ्य राज्य मन्त्री सुरेन्द्र यादव, स्थानिय वडा अध्यक्ष लगायत क्षेत्रिय अध्यक्ष र क्षेत्र भरीको नेता तथा कार्यकर्ताहरुको समेत उपस्थिति रहेको थियो।