जनकपुरधाम : बटेश्वर गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउत अख्तियारको घेरामा परेका छन् । गाउँपालिका अन्तर्गतको विकास निर्माणको काममा १० लाख रुपैयाँ कमिसन लिएको आरोपमा गाउँपालिका अध्यक्ष राउतलाई अख्तियारले सोमबार ४ बजेदेखि घेरा हालेको हो स्रोतले जनाएको छ ।

उनको गाडी र चालकलाई अख्तियारले नियन्त्रणमा लिएको बटेश्वर प्रहरीचोकीले जनाएको छ । अध्यक्ष राउत भने फरार छन् । उनको खोजी कार्य भइरहेको छ ।

अहिलेसम्म अख्तियारको टोलि सोहि ठाउँमा उनको खोजी कार्य भइरहेको छ । विकास निर्माणको काममा अध्यक्ष राउतले मोटो रकम कमिसन लिने गरेको व्यापक जनगुनासो छ ।

२०७७ फाल्गुन १७, सोमबार २१:०४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय