महोत्तरी : प्रदेश सांसद मन्जु यादवले वडावासीलाई पायक नपर्ने गरी आफ्नै गाउँमा वर्थिङ्ग सेन्टर निर्माण गर्न लागेको भन्दै महोत्तरीको भंगाहा नगरपालिका वडा नं. ९ का स्थानीयले विरोध जनाएका छन्।

प्रदेश सांसद यादवको संसदीय विकास कोषबाट त्यहाँ बन्न लागेको बर्थिङ्ग सेन्टर वडावासीलाई पायक नपर्ने भन्दै उनीहरूले वर्थिङ्ग सेन्टर निर्माणको काममा अवरोध गरेका छन् । स्थानीय पुरन यादव, बद्री यादव, चण्डेश्वर यादव सहित ४० जना बुधवार प्रदेश २ सरकारको सामाजिक विकास कार्यालयमा डेलिगेसन गई २५१ जनाको हस्ताक्षर बुझाएका छन्।

उनीहरूले साँसद यादवले वडा कार्यालय तथा वडावासीलाई समेत कुनै सुचना नै नगरी आफुखुसी आफ्नै आफन्तलाई उपभोक्ता समिति बनाई वर्थिङ्ग सेन्टरको शिलान्यास समेत गराएको बताए ।

२०७७ फाल्गुन २०, बिहीबार ०७:३६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय