मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
स्वास्थ्यमा सुधार आउनेछ । सामाजिक कार्यमा सफलता प्राप्त हुनेछ । टाढिएका आफन्तसँग भेट हुनेछ । निष्फल यात्रा हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । बन्न लागेको काम विग्रिनेछ, तर वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
स्वास्थ्यमा समस्या आउन सक्छ । राजनीतिक आक्षेप लाग्नेछ । आफन्तसँग मनमुटाव हुन सक्छ । प्रेममा सफलता मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला । आर्थिक कारोवारमा सफलता पाइएला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कुरा काट्नेहरू सक्रिय हुनेछन् । पारिवारिक सम्बन्धमा खटपट हुनेछ । खर्चमा कमी आउनेछ । व्यर्थ चिन्ता बढ्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कला र गलाको प्रभाव बढ्नेछ । अचल सम्पत्ती हात पर्ने योगछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन हुनेछ । भूमिबाट लाभ रहला । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
उत्साह बढ्नेछ । दिनको उत्तराद्र्धमा मानसिक थकान बढ्नेछ । आफन्तसँगको भेटले मन प्रफुल्ल बन्नेछ । कान्ति क्षय हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
शुभ समाचार सुन्न पाइएला । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । मनोरन्जनमा सहभागिता भईनेछ । शिक्षामा सफलता मिल्ला ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
भाग्यले विभिन्न अवसर जुराउनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । घरमा अतिथीको आगमन हुनेछ । पारिवारिक साथ सहयोग मिल्ने देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

