महोत्तरी :  मिथिला माध्यमिकी परिक्रमाको आज चौथो दिन परिक्रमाका यात्रीहरु नेपालको मटिहानी आइपुग्छन्।

मध्यमा परिक्रमा जनकपुरको हनुमानगढी, भारतको कल्यानेश्वर, गिरिजास्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडई, धु्रवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोषर हुदैं औरही पुग्छ। त्यसपछि भारतको करुणा, विशौललगायतका धार्मिकस्थल हुँदै फागु पूर्णिमाको दिन जनकपुर आइपुग्छ।

नेपाल तथा भारतसहित कुल १ सय ३३ किलोमिटर लामो दूरीमा पैदल यात्रा गर्ने यात्री निकै नियमनिष्ठाका साथ १५ दिनको समय बिताउँछन्।

यो परिक्रमामा सहभागी हुँदा पापमोक्ष हुनुका साथै मनोवाञ्छित फल प्राप्त हुने जनविश्वास रहेको छ। File Photo


२०७७ चैत्र ३, मंगलवार ०९:४३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय