
काठमाडौं : कोभिड-१९ बाट बच्ने उपाय उल्लेख भएका कलर रिङब्याक टोन (सीआरबीटी) टेलिफोन सेवा प्रदायकहरूले हटाएका छन्।
निजी क्षेत्रको टेलिकम सेवा प्रदायक एनसेलका एक उच्च अधिकारीका अनुसार उक्त कम्पनीले कोभिड-१९ विरुद्ध खोप अभियान सुरु भएदेखि नै सीआरबीटी हटाइएको थियो। त्यसयता म्यासेज प्रवाह मात्र बाँकी थियो।
‘कोभिडको सीआरबीटी खोप अभियान सुरु भएपछि नै हामीले हटाइसकेका थियौँ। एसएमएस र ओबीडी (आउट बाउन्ड डायलिङ) मात्र बाँकी थिए,’ एनसेलका ती अधिकारीले भने, ‘१० दिनयता करिब ८० लाखजनालाई ओबीडी र एसएमएस पठायौँ।’
उनका अनुसार त्यसरी जनचेतनामुलक सामग्री प्रवाह गर्न सरकारले गत आइतबारसम्मको समय दिएको थियो। उक्त अवधि सकिएपछि म्यासेज पठाउन छाडिएको छ।
टेलिकम सेवा प्रदायकहरूले सरकारको अनुरोधमा ६ चैत ०७६ देखि कोभिड-१९ विरुद्ध जनचेतनामुलुक सीआरबीटी बजाउन र म्यासेज प्रवाह गर्न थालेका थिए।