सप्तरी : सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-५ मा आगलागी हुँदा ४ घर जलेर नष्ट भएका छन् ।

आगोले पोलेर एक जना गम्भीर घाइते भएका छन् । सिलिन्डरबाट ग्यास लिक भएर आगलागी हुँदा ७५ लाखभन्दा धेरैको धनमाल जलेर नष्ट भएको वडाअध्यक्ष राजेन्द्र साहले बताउनुभयो ।

उहाँकाअनुसार हरिकिशुन खङ्गको घरबाट आगो सुरु भएको हो । आगोमा परेर गम्भीर घाइते भएका हरिकिशुनको उपचारका लागि राजविराजमा रहेको गजेन्द्रनारायण सिंह अञ्चल अस्पताल पठाइएको छ ।

२०७७ चैत्र ५, बिहीबार ०९:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय