महोत्तरी : मिथिला माध्यमिकी परिक्रमाको आज आठौं  दिन (शनिबार) महोत्तरीको कंचनवन प्रवेश गर्ने क्रम सुरु भएको छ ।

महोत्तरीको ध्रुबकुण्डमा रात्रि विश्राम बसेर मिथिला बिहारी र किशोरीजीको डोलासहित परिक्रमा यात्री शनिबार बिहान कंचनवनको लागि प्रस्थान गरेको छ ।

१५ दिवसीय परिक्रमाको महत्वपूर्ण विश्रामस्थल मध्ये एक हो कंचनवन हो ।  कंचनवनमा परिक्रमा यात्रीले घरको खाना खाने गर्छन् । घरमा खानेकुरा पकाएर आफन्तको लागि लिएर कंचनवन जाने गरेको परम्परा छ । यसअघि परिक्रमा यात्री महोत्तरीको बलवा नगरपालिका वडा नं. स्थित ध्रुवकुण्डमा रात्री विश्राम बसेका थिए ।

परिक्रमा यात्रीको लागि नगरपालिकाले निःशुल्क शिविर संचालन गरेको छ । वडा नं. १० ले परिक्रमा यात्रीको लागि निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क दाउरा वितरण, पराल वितरणसहित निःशुल्क खाजाको समेत व्यवस्था गरिएको वडाध्यक्ष राजकुमार यादवले बताए ।

वडाध्यक्ष यादवका अनुसार धु्रवकुण्डमा परिक्रमा डोलाका लाग्ने गरेको भव्य मेलामा आफन्तलाई भेट्न नसकेका श्रद्धालुभक्तजनको लागि माइकिंगको व्यवस्था समेत गरिएको छ ।

परिक्रमा यात्रीलाई कुनै प्रकारको कठिनाई हुन नदिन ठाउँ ठाउँमा पराल वितरण गरिएको छ, उनले भने–खाना पकाउनको लागि दाउरा वितरण गरिएको छ ।’ चोटपटक लागेको, बिरामी परेको यात्रीहरुको लागि निःशुल्क स्वास्थ्य जाँच र औषधी वितरणको व्यवस्था गरिएको वडाध्यक्ष यादवले थपे ।

शुक्रबार बिहानैदेखि परिक्रमा यात्रीको धु्रवकुण्ड पुग्ने क्रम सुरु भएको थियो । परिक्रमा यात्रीको स्वागतको लागि ठाउँ ठाउँमा स्वागतद्वार ठड् याएको छ । परिक्रमा यात्रीको सुरक्षाको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

मडैबाट प्रस्थान गरेको मिथिला बिहारी र किशोरीजीको डोला शुक्रबार दिउँसो धु्रवकुण्ड आइपुगेका थिए । ध्रुवकुण्ड मन्दिरमा दर्शन पूजा गरेर परिक्रमा यात्रीहरु रात्री विश्राम गरेपछि शनिबार बिहान कंचनवनको लागि प्रस्थान गरेका छन् ।

२०७७ चैत्र ७, शनिबार १०:१०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय