काठमाडौं : नेपालमा पहिलो पटक रकेटको परीक्षण गरिएको छ। नेपाली विद्यार्थीहरुले बनाएको ‘गरुडा’ रकेट धनुषाको भिमानमा करिब डेढसय मिटर आकाशमा उडेपछि हावाको बहावका कारण रकेट ‘क्र्यास’ हुन पुगेको छ।

यो रकेट १० हजार फिटमाथि पुग्ने अनुमान गरिएको थियो । निर्माण टोलीले नेपाली सेनासँगको सहकार्यमा एक महिनापछि पुनः रकेट प्रक्षेपण गर्ने योजना ल्याएको छ ।

लन्च प्याड, हावाको बहाव र मोटरममा फ्युल बर्न राम्रोसँग नुहँदा प्रक्षेपण सफल हुन नसकेको गरुडाका मुख्य निर्माणकर्ता मोहन तामाङले बताए। इन्धन राम्रोसँग नबल्दा रकेट थोरै गतिमा मात्रै उडेको तामाङले बताए।

अबको एक महिनापछि दोस्रो परीक्षण गर्ने तामाङले जानकारी दिए।

https://twitter.com/i/status/1373262247414276100


२०७७ चैत्र ८, आईतवार १७:३८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु