
काठमाडौं : नेपालमै इन्टर्नसिपको व्यवस्था नहुँदा कोरोना महामारीमा चिनबाट फर्केका विधार्थीहरुको भविष्य अन्योलमा परेका छन् ।
बिगत १५-१५महिना देखि नेपाल मेडिकल काउन्सिल सँग बारमबार सघर्ष गर्दा पनि काउन्सिलको ध्यानाकर्षण नभएको देखिएको छ ।
MBBS पढिसकेर कोरोनाको कारण नेपाल फर्किएका बिध्यार्थीहरूको जम्मा ३-४ महिना इन्टर्नसिप बाँकी छ । तर पछिल्लो महिना चिनबाट फर्किएका MD विध्यार्थीहरूलाई भने धेरै दबाब आएपछि इन्टर्नसिपको व्यवस्था मिलाएको छ । तर अहिले सम्म MBBS का विध्यार्थीहरूलाई काउन्सिलले इन्टर्नसिप दिन सकेका छैनन् ।
नेपालमै इन्टर्नसिपको व्यवस्थाको लागि विद्यार्थीहरू बारम्बार आन्दोलन गर्दा पनि सम्बन्धित निकाय मौन बसेको देखिन्छ ।