जनकपुरधाम : मिथिला माध्यमिकी परिक्रमाको आज एघारौं दिन यात्रीहरु सतोषर प्रवेश गर्ने क्रम सुरु भएको छ ।

यस अघि दसौं दिनको विश्रामस्थल धनुषाधाम रहेको थियो । सीताजीसँग स्वयम्बर हुनुअघि भगवान् रामले भाँचेको धनुषका एक टुक्रा यहाँ खसेको विश्वास गरिन्छ। यो ठाउँ धनुष दर्शनका लागि प्रख्यात छ। विवाह पञ्चमी तथा रामनवमीका बेला पनि ठूलोमेला लाग्ने धनुषाधाम स्थित पोखरी, वाणगंगा नदी एवं उत्तरपट्टी करिब ५ सय विघामा फैलिएको घना वन क्षेत्रको यो ठाउँलाई विशेष रमणीय बनाएको छ। यहाँ माघ महिनाको प्रत्येक आइतबार मकर मेला लाग्छ।

परिक्रमाको एघारौं दिन यात्रीहरु सतोषर प्रवेश गर्ने क्रम सुरु भएको छ ।

१५ दिने परिक्रमामा जनकपुरको हनुमानगढीबाट कल्याणेश्वर हुँदै औपचारिक सुरु भएर फुलहर, मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कन्चनवन, क्षिरेश्वरनाथ (पर्वत्ता), धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), अउढी, करुणा, बिसौल र फेरि कल्याणेश्वर हुँदै फागुपूर्णिमाको दिन जनकपुर फर्कन्छ र नगरको पाँचकोसे अन्तर्गृह परिक्रमा गरी समाप्त हुन्छ ।

हजारौं श्रद्धालु भक्तजनको भीडले १५ दिनसम्मको एउटा धार्मिक अभियानमा हिंडिरहेको यो १५ दिने परिक्रमाले जनकपुरधामलाई धार्मिक पर्यटनस्थलको रूपमा प्रसिद्धि गराएको छ । File Photo

 

२०७७ चैत्र १०, मंगलवार ११:२३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय