जनकपुरधाम :  मिथिला माधमिकी परिक्रमा बिहीबार भारतको करुणा पुग्ने भएको छ ।

बुधबार राति धनुषाको औरहीमा विश्राम गरेर परिक्रमा यात्री बिहीबार भारतको करुणा पुग्ने भएको हो । परिक्रमा यात्रीले बिहीबार रात्रि विश्राम करुणा मै गर्नेछन् ।

यसअघि बुधबार मिथिला बिहारी र किशोरीजीको डोलालाई औरही गाउँपालिकामा भव्य स्वागत गरिएको थियो । औरही गाउँपालिकाको अगुवाईमा परिक्रमा यात्रीहरुलाई पनि भव्य स्वागत गरिएको छ । मंगलबार रात्रि विश्राम सतोषरमा बसेर परिक्रमा यात्री बुधबार बिहानै औरही पुगेका हुन् । गएको चैत १ गते शनिबार धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीमठबाट मिथिला बिहारी र जनकपुरधामको अग्नीकुण्डबाट किशोरीजीको डोला उठेपछि १५ दिवसीय परिक्रमा प्रारम्भ भएको थियो ।

जनकपुरधामको हनुमाननगरमा रात्रि विश्राम बसेर आइतबार बिहान परिक्रमा यात्री भारतको कल्याणेश्वरको लागि प्रस्थान गरेको थियो । भारतको कल्याणेश्वरबाट गिरिजास्थान पुगेर परिक्रमा यात्री महोत्तरीको मटिहानी फर्केका थिए । महोत्तरीको विभिन्न पाँच बासस्थलको परिक्रमा पुरा गरेर परिक्रमा यात्री धनुषा आइपुगेको थियो । धनुषाको पर्वता, धनुषाधाम, सतोषर हुँदै बुधबार औरही आइपुगेको थियो ।

औरहीबाट परिक्रमा यात्री भारतको करुणाबाट शुक्रबार बिसौलमा रात्री विश्राम बसेर शनिबार कल्याणेश्वस्थित महादेव मठमा दर्शनपुजा गर्दै जनकपुरधाम फर्किन छन् । शनिबार जनकपुरधाममा विश्राम गरेर आइतबार अन्तगृह परिक्रमा गरेपछि १५ दिवसीय परिक्रमाको समापन हुनेछ । File photo

२०७७ चैत्र १२, बिहीबार १०:३१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय