जनकपुरधाम : मोसफल परीक्षणपछि पौराणिक तथा सांस्कृतिक शहर जनकपुरधाम सहित प्रदेश भर व्यवसायिक सामाजिक सञ्जाल रोलिङ नेक्सस एप्स बजारमा आएको छ ।

रोलिङ प्लान्स प्राइभेट लिमिटेडले आफ्नो ब्राण्डको रुपमा स्थापना गरी बजारमा ल्याएको व्यवसायिक सामाजिक सञ्जाल रोलिङ नेक्सस डटकमको मुल नारा नया सम्भावनाहरुको सञ्जाल रहेको छ । यससञ्जालको अवधारणालाई मुख्यत४–भ्को सिद्धान्त अनुरुप संचालन गरिएको हो ।

सो एप्पको रोजगारी सृजना तथा प्रवर्द्धन सम्बन्धि दक्षताअभिवृद्धि, उद्यमशीलता प्रर्वद्धन तथा व्यवसायीक वृद्धि, शक्तीकरणः महिला, विपन्नसमूह, फरक सक्षमता भएका र सेवा निवृत समुहलाई पनि अवसर र सम्भावना दिनका लागि विशेष पेज मार्फत प्रवर्द्धन, समान सामाजिक वा व्यवसायीक रुचि, गतिविधि, दैनिक क्वीज जस्ता सामाग्री बाटम नोरञ्जन लगायतको विशेषता रहेको जनाइएको छ ।

रोलिङनेक्ससका अध्यक्ष अनुप जंगमले एप्पसका बारेमा जानकारी गराउँदै भने ‘एप्सलाई प्रयोगकर्ताको प्राथमिकता अनुसार स्वदेश र विदेशमा विभाजित गरिएको छ ।’

कार्यक्रममा संस्थाका प्रदेश २ इन्चार्ज सविता यादव, स्थानीय बुद्धिजीवि, पत्रकार, नागरिक समाज तथा संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

२०७७ चैत्र २१, शनिबार २०:५९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय