जनकपुरधाम : नेपालमै दाहुवा सीसी क्यामराको उत्कृष्ठ बजारीकरण गरेको माँ जानकी कम्प्युटर एण्ड ईलेक्ट्रोनिक्सलाई थप शसक्त बनाउन चिनियाँ टोलीले अनुगमन निरिक्षण गरेका छन् । दाहुवा सीसी क्यामेराको आधिकारिक विक्रेता टेक वल्ड डिस्ट्रीब्यूशन प्रालिको सहकार्यमा चिनियाँहरुको एक उच्च स्तरीय टोलीले नेपालमा प्रविधिको स्तर, प्रयोग र संभावनाको बारे जानकारी लिएका छन् ।

दाहुवा कम्पनीको उत्पादन र बिक्री वितरणले विश्वभरिमै आफ्नो पहुँच विस्तार गरेको जानकारी दिँदै दक्षिण एसियाका जेनरल म्यानेजर अल्भिन लिउले नेपालमा बिस्तारै बढ्दै गएको लोकप्रियता आगामी दिनमा अझ बढ्ने विश्वास व्यक्त गरे । उनले भने, ‘नेपालमा दाहुवाको आकर्षण र अझ देशमै उत्कृष्ठ बजारीकरण गरेको माँ जानकी कम्प्युटर एण्ड ईलेक्ट्रोनिक्ससंग भेटघाटको अवसर पाउँदा गौरवान्वित भएको छु ।’

अहिलेको आधुनिक समयमा सिसि क्यामेरा घर, पसल, अफिस, सडक, सपिङ्ग कम्प्लेक्स लगायत हरेक स्थानमा आवश्यक हुँदै गएको र मोनिटरिङ्गको राम्रो साधक बनेको कम्पनीका कन्ट्री सेल्स मेनेजर माओ सान्काईले बताए । ‘देशमा दाहुवाको उत्कृष्ठ बजारीकरण गर्न सफल माँ जानकी कम्प्युटर एण्ड ईलेक्ट्रोनिक्सलाई म बधाई दिन चाहन्छु, आगामी दिनमा अझ देशकै नम्बर १ बजारीकरण गर्ने संस्थाको रुपमा आगाडी आओस् भन्ने अग्रीम शुभकामना दिन चाहन्छु’ उनले भने ।

चिनियाँ टोलिसँगको साक्षात्कारमा माँ जानकी कम्प्युटर एण्ड ईलेक्ट्रोनिक्स जनकपुरका सञ्चालक अजय चौधरीले भने, ‘दाहुवा सिसि क्यामेराको जनकपुरमा मात्र नभई विश्वमै अग्रणी स्थान हासिल गर्दैछ, सिसि क्यामरा बाहेक मनिटर, हार्डडिक्स, एसडिडि, नेटवर्किन केवल पनि हामीले उपलब्ध गराउँदै आएका छौं ।’ चौधरीले दाहुवा कम्पनीको सिसि क्यामेरा अरु भन्दा सस्तो, सुलभ र किफायती तथा प्रयोग र जडान गर्न सजिलो र भरपर्दो भएकोले ग्राहकलाई सन्तुष्टि दिएको दाबी गरे ।

सिसि क्यामेरा बाहेक माँ जानकी कम्प्युटर एण्ड ईलेक्ट्रोनिक्सले लामो समयदेखि कम्प्युटरका पार्ट्सहरु, ल्यापटप, मोबाइल तथा अन्य इलेक्ट्रोनिक्सका सामानहरुको बिक्री तथा सर्भिसेजको काम गर्दै आएको छ । गत मार्च २७ तारेखमा दाहुवा कम्पनीले देशकै उत्कृष्ठ विक्रेताको रुपमा सम्मान गरेको थियो ।

टेक्निकल म्यानेजर स्टेफेन सुले जनकपुर लगायत देशैभरी सेवालाई थप प्रभावकारी बनाउने टेक्निकल ट्रेनिङ्ग समेत छिट्टै प्रदान गर्न लागिएको बताए । विक्रेतालाई सिसि क्यामराका साथै अन्य सामग्रीहरुको मर्मत, सम्भार तथा विक्रि वितरणमा सहजता प्रदान गर्ने उदेश्यका साथ काम तालिम प्रदान गर्न लागिएको जनाए ।

cc tv camera ram janaki computer (2)

२०७७ चैत्र २७, शुक्रबार १९:०४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय