काठमाडौँः पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा पटक—पटक ठूला राजनीतिक परिवर्तन भएपनि परिवर्तनकामी शक्तिले संस्था र प्रणालीको विकास गर्ने अवसर नपाउँदा उपलब्धि जोखिममा परिरहेको बताएका छन् ।

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रद्वारा लिखित ‘राजनीतिसँगै राजकाज’ पुस्तकमाथि छलफलका क्रममा डा. भट्टराईले पश्चिमा समाजमा परिवर्तन ल्याउने नेताहरूले नै संस्था निर्माण गरेर प्रणाली बसाउन सफल भएको तर नेपालमा परिवर्तनकामी शक्तिले त्यो अवसर नपाएको उनले बताए ।

‘२०१५ सालको आम निर्वाचनबाट बीपी कोइरालाको नेतृत्वमा सरकार बन्यो । त्यो राजाले अपदस्थ गरे,’ उनले भने । २०४८ को आम निर्वाचनपछि पनि सत्तारुढ दलमा राजनीतिक विग्रह र ध्रुवीकरणले समस्या भएको भट्टराईको भनाइ थियो ।

उनले सरकारमा जो भएपनि उपल्ला तहमा धनीमानी र हुनेखाने व्यक्तिहरू नै हावी भएको भन्दै भट्टराईले २०६२–६३ को आन्दोलनपछि पनि सोही क्रम दोहोरिएको भन्दै भट्टराईले परिवर्तन संस्थागत हुन नसक्दा विधि र पद्धति बस्न नसकेको बताए ।

२०७७ चैत्र २८, शनिबार १७:३३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय