विरगंज : पर्साको वीरगंजमा आज आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलाले वालगोपाल थापाको अध्यक्षतामा नेकपा एमाले जिल्ला कमिटीको घोषणा गरेको छ ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतिथ्यमा आयोजित झण्डै चार सय जनाको भेलाले जिल्ला कमिटीको घोषणा गरेको हो ।

भेलापछि सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा उपमहासचिव घनश्याम भुसाल तथा नेताहरू नागेन्द्र चौधरी, रामचन्द्र शाह, दिनेश राई, पुरुषोत्तम पौडेललगायतका नेताको उपस्थिति थियो ।

२०७७ चैत्र २९, आईतवार ०९:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय