काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चौथो पटक हटाउने कोसिस गरेको दाबी गरेका छन्।

गृह जिल्ला चितवन पुगेर प्रचण्डले ओली ‘लाच पचाएर’ प्रधानमन्त्री पदमा बसिररहेको र उनलाई हटाउने चौथो पटक कोसिस भइरहेको दाबी गरेका हुन्।

जिल्ला भ्रमणलाई तीव्रता दिएका प्रचण्डले ओलीलाई नेकपा रहँदा नै बहुमतले संसदीय दलका नेताबाट हटाइसकेकाले उनी अब पदमा बस्नुको कुनै अर्थ नरहेको बताएका छन्।

संसद विघटन जस्तो असंवैधानिक र अलोकतान्त्रिक कदम चालेकाले ओलीलाई पदमा बस्ने नैतिक हैसियत नभएको दाहालले बताए।

२०७७ चैत्र २९, आईतवार १८:३२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय