सर्लाही : सर्लाहीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो ३ बजे बागमती नगरपालिका-८ गाँजली चोकस्थित सोल्टी बजारबाट हजरिया जाँदै गरेको मोटरसाइकललाई बालुवा बोकेर बरहथवा आउँदै गरेको ट्याक्टरले ठक्कर दिएको थियो ।

बिआर ३० एम ३४५२ नम्बरको मोटरसाइकललाई ज १ त १५७४ नम्बरको ट्याक्टरले ठक्कर दिएको हो । सो ठक्करबाट मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए ।

बरहथवा नगरपालिका-१५ पिपराभित्ता बस्ने ४५ वर्षीय मोटरसाइकल चालक भिखारी सहनी र पछाडि सवार रौतहट परोहा नगरपालिका-९ का ४० वर्षीय प्रकाश सहनी गम्भीर घाइते भएका थिए । उनीहरूलाई जिल्ला अस्पताल मलंगवा लगिएको थियो ।

दुबै जनालाई साढे ४ बजे चिकित्सकले मृत घोषणा गरेको कार्यालयका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । ट्याक्टर र मोटरसाइकल प्रहरी नियन्त्रणमा छ ।

२०७७ चैत्र ३१, मंगलवार १८:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय