
सर्लाही : रेडियो मलंगवा बुधबार तेश्रो वर्ष पुरा गरि चौथो वर्षमा सफलतापूर्वक प्रवेश गरेको उपलक्ष्यमा केक काटेर बुधबार उत्सव मनाएको छ ।
प्रतिनिधिसभा सदस्य एवं सर्लाही क्षेत्र नं १ माननीय सांसद प्रमोद साहले केक काटेर उत्सव मनाएका थिए । समाज परिवर्तनमा रेडियोको भुमिका अहम भएको रेडियो मलंगवालाई चौथो वार्सिक उत्सव तथा नयाँ बर्ष २०७८ सालको अवसरमा रेडियो मार्फत जिल्लाबासी शुभकामना दिनुभएको छ ।
मलंगवा मिडिया प्रालि द्धारा संचालित रहेको रेडियो मलंगवा ९५.६ मेगार्हजले प्रसारण गरेको गित संगीत, सूचना, समाचारले रेडियोको कोभरेज एरियामा स्रोता बर्गमा आफ्नो छुट्टै विशेषता बोकि भाषा भाशि मध्य मैथली, थारु, नेपाली, हिन्दी, भोजपुरी लगायतका भाषाको गीत संगीतको माधयम बाट मनोरञ्जन प्रदान गर्ने गरेको मलंगवा मिडिया प्रालिको अध्यक्ष सरोज कुमार यादवले बताए ।
प्रतिनिधिसभा सदस्य एवं सर्लाही क्षेत्र नं १ माननीय सांसद प्रमोद साहले केक काटेर उत्सव मनाएका थिए ।समाज परिवर्तनमा रेडियोको भुमिका अहम भएकोले रेडियो मलंगवालाई चौथो वार्सिक उत्सव तथा नयाँ बर्ष २०७८ सालको शुभकामना दिनुभयो । रेडियो मलंगवा रौतहट, सिरहा, सप्तरी, उदयपुर, सिन्दुली, धनुषा, छिमेकि मुलुक भारतका बिहार राज्य लगायतका जिल्लाहरुमा चर्चित रहेको छ ।
यो रेडियो अन्लाईन मार्फत देश विदेशमा रहेका अधिकांश नेपालीहरुको समेत मन जित्न सफल भएको आर्जे मोहन कुमार नेपालले बताए । सदरमुकाम मलंगवा तेस्रो रेडियोको रुपमा २०७४ बैशाख १ गते दर्ता भई आफ्नो प्रसारण सुरु गरेका थियो । रेडियो मलङवा चौथो वार्षिक उत्सव रेडियो मलङ्वा अध्यक्ष सरोज कुमार यादब, प्राविधिक अरोज कुमार यादव, रामनारायण साह, समाचार प्रमुख राजीव साह, कार्यक्रम संचालक मोहन कुमार नेपाल, चुनचुन केसरी लगायत रेडियो कर्मी तथा स्थानीयहरुको उपस्थिती रहेको थियो ।