काठमाडौं : प्रेस काउन्सिल नेपालले कोरोना संक्रमित र मृतकको पहिचान झल्किने तस्बिर र भिडियो सञ्चारमाध्यममा आएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै काउन्सिलले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा उनीहरुको तस्बिर र भिडियो नराख्न आग्रह गरेको छ ।

कोरोना संक्रमित र मृतकको पहिचान खुल्ने गरी तस्बिर सम्प्रेषण गर्दा उनीहरुका आफन्त तथा परिवारजनमा नकारात्मक असर पर्ने भन्दै काउन्सिलले त्यस्तो आग्रह गरेको हो ।

‘कोरोनाबाट संक्रमित र मृत्यु भएका व्यक्तिको पहिचान खुल्ने तस्बिर, वैयक्तिक विवरण एवं मृतकको सामाजिक दाहसंस्कारका तस्बिर विभिन्न सञ्चारमाध्यम र सामाजिक सामाजिक सञ्जालमा पोष्ट भएका घटनाप्रति काउन्सिलको ध्यानाकर्षण भएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

संवेदनशील अवास्थामा आमसञ्चारमाध्यमबाट सम्प्रेषण हुने सामग्रीमा सजगता अपनाउन जरुरी हुने भन्दै काउन्सिलले यस्तो आग्रह गरेको हो ।


२०७८ बैशाख २१, मंगलवार २०:२३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु