महोत्तरी : महोत्तरीमा नेपाल भारत सिमाना क्षेत्रमा नेपाल प्रहरीका एक जवान मृत अवस्थामा भेटिएका छन्।

प्रहरीका अुनसार सिमाना क्षेत्रको साम्सी गाउँपालिका– ७ स्थित प्रहरी चौकीमा कायर्रत २५ वर्षीय जितेन्द्र साहगोठ मंगलबार बिहान झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी प्रकाश विष्टका अनुसार उनि चौकीबाट ७ सय मिटरको दूरीमा रहेको आँपको बगैंचामा रूखमा पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

उनी पर्साको बहुदरमाई नगरपालिका–१का हुन्। डिएसपी विष्टका अनुसार उनको आउँदो जेठ ७ गतेका लागि विवाह पनि तय भइसकेको थियो।विवाहका लागि विदा लिएर घर जाने तयारी गरिरहेका जवान मंगलबार बिहान मृत फेला परेका हुन्।

२०७८ बैशाख २९, बुधबार ०६:३२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय