बर्दिबास : कोभिड-१९ महाव्याधिका बेला बर्दिबास अस्पतालले आपद्कालीन सहयोग पाएको छ ।

महाव्याधिका बेला शव व्यवस्थापनमा अप्ठ्यारो परी रहेका बेला बर्दिबास सेवा समितिले अस्पताललाई आज शववाहन उपलव्ध गराएको हो । समितिका अध्यक्ष हिरा गौतमले बर्दिबास नगरपालिकाका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बिदुरकुमार कार्कीलाई यसअघि एम्बुलेन्समा प्रयोग हुँदै आएको ज १ च ६२२ नम्वरको जिप हस्तान्तरण गर्नु भएको हो ।

Bardibas-Hospital-bardibas-mahottari-nepalvani (3)

अस्पतालले अक्सिजन सुविधासहितको २५ शैयाको आइसोलेशन सञ्चालन गर्दै आएको छ । अस्पतालको नियमित उपचारकै क्रममा मृत्यु हुने शव व्यवस्थापन गर्न वाहनको समस्या परेकै बेला बर्दिबास सेवा समितिको सहयोग प्राप्त भएको नगरप्रमुख कार्कीले बताउनुभयो ।

“महाव्याधिमा उपचारजस्तै शव व्यवस्थापन पनि मुख्य विषय बन्दो रहेछ” कार्कीले भन्नुभयो, पछिल्ला १० दिनयता हामी निकै अप्ठ्यारोमा थियौ, प्राप्त साधनले अब शव व्यवस्थापनमा केही सहजता हुनेछ ।” यसबीचमा कोभिड-१९ को उपचारका क्रममा अस्पतालमा निधन भएका शव निश्चित टुङ्गोमा पुर्‍याएर व्यवस्थापन गर्न निकै अप््ठ्यारो झेल्नु परेको कार्कीको भनाइ छ ।

बर्दिबास सेवा समितिले एम्बुलेन्स सञ्चालनका लागि १४ वर्षअघि खरिद गरेको जिप नगरपालिकालाई स्वामित्व नै हस्तान्तरण गरिएको जनाएको छ । आकष्मिक सेवाका लागि इञ्जिन पुरानो हुँदा भरपर्दो सेवा दिदैन कि भन्ने लागी रहेका बेला निश्चित प्रयोजनका लागि नगरपालिकालाई हस्तान्तरण गर्न पाउँदा सन्तोस लागेको समितिका अध्यक्ष गौतमले बताउनुभयो ।

जिपका सम्पूणर् कागजातसहित साँचो हस्तान्तरण गरिएपछि अब सोको व्यवस्थापन नगरपालिकाले गर्ने दुबैपक्षले स्पष्ट पारेका छन् । जारी निषेधाज्ञापछि कानूनी स्वामित्व लिने / दिने गरिने दुबैपक्षको भनाइ छ ।

bardibas-hospital-bardibas

२०७८ जेष्ठ १०, सोमबार २०:१३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय