कपिलवस्तु : यति बेला जनता समाजवादी पार्टीमा आन्तरिक द्वन्द्व निकै बढेको छ।

शिर्ष नेताहरु एक आपसमा राजनितिक खिचातानीमा लागि परेका छन । केन्द्रिय नेताहरुको किचलोले गर्दा प्रदेशहरुमा पनि त्यसको असर देखा पर्न थलेको छ।

जनता समाजवादी पार्टीका निकट जनता समाजवादी विद्यार्थी युनियन कपिलवस्तु जिल्लाका अध्यक्ष मोहित मिश्रले प्रेस विज्ञप्ति निकाली राजिनामा दिएको कुरा जनाएका छन ।

विज्ञप्तिमा- “म मोहित मिश्र होसहवासमा समाजवादी विद्यार्थी युनियन हालको जनता समाजवादी विद्यार्थी संघ कपिलवस्तु जिल्ला अध्यक्ष पदबाट राजिनामा दिइएको घोषणा गर्छु” भनिएको छ ।

राजिनाको कारण बारे मिश्र संग सम्पर्क गर्दा सिद्धान्त विहिन र कुर्सी को राजनीति पार्टीको जातीय मत भेद, पार्टी को ठुलो शिर्ष नेता तथा जनप्रतिनिधिले विद्यार्थी संघ प्रति अलिकति पनि लगाव र चासो नभएको कारण ले बाध्य भएर राजिनामा दिनु परेको बताए।

२०७८ जेष्ठ १९, बुधबार २१:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय