जनकपुरधाम : प्रदेश २ को भौतिक पूर्वाधार विकासमन्त्रीबाट पदमुक्त गरिएका जितेन्द्र सोनल मोटरसाइकल चढेर मधेस भवनबाट बाहिरिएका छन् ।

सोमबार विहान मधेस भनवस्थित निजी निवासमा उनले सञ्चारकर्मीहरूलाई आफूले गरेका कार्य संक्षिप्त रूपमा सुनाएका थिए ।

सो क्रममा सहयोगीलाई धन्यवाद दिँदै उनी मधेस भवनबाट बाहिरिएका हुन् ।

करिब सावा तीन वर्षे कार्यकालमा सडक, सिँचाई, दलित उत्थान, महिलाको सम्मान र किसानका लागि उल्लेख्या काम गरेको सोनलले बताए ।

आफूले प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर पक्की सडक, खेत खेतमे पानी हाथ हाथमे काम, जनता अवास, दलित छात्रावास भवन, जेष्ठ नागरिक अवास लगायतका ऐतिहासिक कामहरू गरेको उनको भनाइ थियो ।

‘प्रदेशको समृद्धिको लागि, नागरिकको अनुहारमा खुशीयालीका लागि, मान और स्वाभिमानका लागि ती कामहरूलाई निरन्तरता दिइने मलाई विश्वास छ,’ उनले भने ।

सावा तीन वर्षे कार्यकालमा सावा तीन दिन समेत आराम नगरी काम गरेको बताउँदै सोनलले अगामी दिनमा समेत दिइने जिम्मेवारीलाई सहर्ष स्वीकार गर्दै पुरानै जोश जागरका साथ काम गर्ने उल्लेख गरे ।

२०७८ जेष्ठ २४, सोमबार ११:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय