जनकपुरधाम : प्रदेश २ को प्रदेशसभा बैठक नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एमालेले अवरुद्ध गरेको छ ।

प्रदेशसभा बैठक सुरु भएलगत्तै तीनै दलका साँसदहरु उठेर विरोध जनाएका थिए । उनीहरुले सरकारले पठाएको सशर्त अनुदानको रकम परामर्श नगरी पठाएकोमा आपत्ति जनाएका हुन् ।

‘सशर्त अनुदानको रकम प्रदेशसभा सदस्यको सिफारिसमा खर्च हुनुगरी पठाउन पटक पटक माग गर्दा मुख्यमन्त्री लालबाबु राउतले प्रतिवद्धता जनाएका थिए’, नेकपा एमालेका संसदीय दलका नेता शत्रुधन महतोले भने, ‘तर प्रतिवद्धता पुरा गरेनन् । त्यसैले सदन चल्न दिदैनौं ।’

सभामुख सरोज यादवले सरकारको ध्यानाकर्षण भएको र अब बैठक चल्न दिन आग्रह गरेका थिए । तर प्रतिपक्षी दलका साँसदहरु मुख्यमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नदिने अडान लिएपछि सभामुखले एक घण्टाका लागि बैठक स्थगित गरको छन् ।

२०७८ जेष्ठ २५, मंगलवार १६:५८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय