जनकपुरधाम : प्रदेश २ सरकारमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई सामेल गरी मन्त्रीमण्डल विस्तार गर्न लागिएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसलाई ३ र माओवादी केन्द्रलाई २ वटा मन्त्रालय दिएर सरकारमा सहभागी गराउन लागेको स्रोतले जनाएको छ । स्रोतका अनुसार थपिएका मन्त्रीहरुको सपथ ग्रहण आजै साँझ साढे ७ बजे हुनेछ ।

कांग्रेसको तर्फबाट रामसरोज यादवको नेतृत्वमा, ओमप्रकाश शर्मा र वीरेन्द्र सिहं मन्त्री बन्दैछन् । रामसरोजलाई भौतिक मन्त्रालय, ओमप्रकाश शर्मा खानेपानी तथा सिँचाई र वीरेन्द्र सिहंलाई सञ्चार मन्त्रालयको जिम्मा दिइने सहमति भएको स्रोतले जनाएको छ ।

यता माओवादी केन्द्रको तर्फबाट भरत साह र जगत यादव मन्त्री बन्ने लगभग पक्का भएपनि यिनीहरुलाइ कुन मन्त्रालयको जिम्मा दिइने भन्ने विषयमा अझै खुल्न सकेको छैन् ।

सरकारमा कांग्रेस र माओवादी सहभागी हुने भएपछि मन्त्रालयको संख्या १० बनाइएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ६ वटा मन्त्रालयलाई फुटाएर १० वटा बनाउने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए । कांग्रेस र माओवादी केन्द्र सरकारमा सहभागी हुन तयार भएपछि मुख्यमन्त्री लालबाबु राउतले मन्त्रालय टुक्राएका हुन् ।

प्रदेश २ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उर्जा तथा सिचाई मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन तथा वन मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कानुन न्यान तथा प्रदेश सभा मन्त्रालय, वाणिज्य, आपुर्ति तथा विज्ञान प्रविधि मन्त्रालय र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय कायम गरिएको छ ।

२०७८ जेष्ठ २६, बुधबार १८:१२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय