
काठमाडाैं : हाल देशमा पश्चिमी, पूर्वीय र स्थानीय वायुको मिश्रित प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसका कारण हाल देशभर सामान्य बदलीका साथै केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाले आज दिनभर देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरेको छ ।
यस्तै देशका धेरै स्थानहरुमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यसैगरी राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना पनि रहेको छ।