जनकपुरधाम : प्रदेश २ मा आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।

नीति तथा कार्यक्रम अन्तर्गत धेरै जसो योजना धनुषामा परेको देखिएको छ ।

धनुषामा परेका योजना यस प्रकार छन् ।

प्रादेशिक अस्पताल जनकपुरलाई ५ सय शैय्या सहितको अत्याधुनिक विशिष्टीकृत अस्पतालमा स्तरोन्ती गरी स्वास्थ्य सेवा उपलब्ध गराइने ।

स्थापना भइसकेको प्रदेशकै गौरवको आयोजना मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य क्षेत्रको विशिष्ट अध्ययन अनुसन्धान गर्ने क्षेत्रको रुपमा विकास गर्ने ।

प्रतिष्ठानमा अगामी आर्थिक वर्षभित्र अध्ययन अध्यापन कार्यको शुरुवात गरिने ।

प्रादेशिक अस्पताल जनकपुरमा क्यान्सर रोगको उपचारका लागि क्यान्सर विभागको स्थापना गरी सञ्चालनमा ल्याइनेछ ।

नगराईनको शहिद दुर्गानन्द झा अस्पताल निर्माणलाई निरन्तरता दिदै ५० शैय्या सहितको बाल अस्पतालको रुपमा विकास गरिनेछ ।

जनकपुरधाम, बीरगंज, र राजविराजमा शिप विकास केन्द्र खोल्ने कामलाई अगाडी बढाउने ।

धनुषाधाम संरक्षण वनलाई प्रदेशकै लागि गौरव हुने बन्यजन्तु उद्धार केन्द्र तथा जुलोजिकल पार्कको रुपमा विकास गरिनेछ ।

जनकपुरधाममा मधेस सम्मेलन केन्द्र निर्माण गरिनेछ ।

प्रत्येक जिल्लाको सदरमुकाममा प्रादेशिक अतिथि सदन निर्माण गरिनेछ ।

जनकपुरधाममा रेल्वेसँग जोडिने गरी जनकपुरधाममा ड्राइपोर्ट निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने ।

जनताको हक, अधिकारका लागि आजीवन संघर्ष गरेका अथक योद्धा स्वर्गिय गजेन्द्र नारायण सिंह, गणतन्त्र स्थापनाको लागि जीवनपर्यन्त संघर्ष गरेका गणतन्त्रवादी नेता स्वर्गिय रामराजा प्रसाद सिंहको शालिक स्थापना कार्यका साथै जनकपुरधाममा सहिद दुर्गानन्द झाको शालिक निर्माण कार्यलाई निरन्तरता दिइनेछ ।

जनकपुरधाम उपमहानगरपालिकाको सहकार्यमा जनकपुरधाम विकास प्राधिकरण स्थापना गरिनेछ ।

जनकपरधाम उप-महानगरपालिकालाई हरित र स्वच्छ सफा शहरमा रुपान्त्तरण गर्न बृक्षारोपण, फोहोर व्यवस्थपन, सार्वजनिक शौचालय निर्माणको अभियान सञ्चालन गरिने ।

२०७८ जेष्ठ २८, शुक्रबार ०७:३५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय