
काठमाडौं : निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) मा एक पक्षले अर्को पक्षलाई गरेको कारबाहीलाई मान्यता नदिने भएको छ।
आज बसेको आयोगको बैठकले जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव नै रहेको कमिटी कायम रहने निर्णय गर्दै आयोगले एकअर्कालाई कारबाही गरेको निर्णय पार्टीको विधानसम्मत नदेखिएको प्रष्टाएको हो ।
आयोगका अनुसार अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष र जसपा संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव दुबै पक्षले गरेको कारबाहीलाई मान्यता नदिने निर्णय गरिएको हो ।
आयोगले अध्यक्षलाई हटाउँदा माथिल्लो कमिटीले पारित गर्नुपर्ने भएपनि त्यसअनुसार नभएकोले विधानअनुसार नभएको भन्दै पार्टीको विधानअनुसार कारबाहीको निर्णयलाई अद्यावधिक गर्न नमिलेको आयोगले जनाएको छ ।
यसअघि भट्टराई–यादव पक्षले ठाकुर र महतोसहित चार जनालाई पार्टीबाट निष्कासन गरेको थियो भने ठाकुर– महतो पक्षले यादवलाई निष्कासन गरेको थियो।