जनकपुरधाम : खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्माले खानेपानी तथा ऊर्जालाई आधुनिक र व्यवसायिक बनाउने प्रयासमा सरकार लागिपरेको बताएका छन् । उनले जलश्रोतको बहुउद्देश्यीय उपयोगमा ध्यान दिने योजनाका साथ लागिपरेको तथा ऊर्जा र खानेपानी तथा कृषि उपज सिचाई तथा उत्पादमा सौर्य उर्जालाई प्रयोगबारे योजना अघि सार्ने बताएका छन् ।

नवनियुक्त मन्त्री शर्माले खानेपानी र उर्जाको विविधीकरणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउन लागेको जानकारी दिए । प्रदेश २ मा सौर्य उर्जाको बिकासको प्रयास भएपनि सम्भव हुन नसकेको कामलाई अब सार्थकता दिएर सौर्य उर्जा उत्पादनमा जोड दिईने बताए । प्रदेशमा तीन सय मेगावार्ट उत्पादनको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउन लागेको जानकारी दिए ।

आर्थिक समृद्धि र जनताको जीवनस्तर उठाउन प्राकृतिक स्रोत तथा साधनको विशेष उपयोग गर्न आवश्यक रणनीति तयार गरिसकिएको मन्त्री शर्माले जानकारी दिए । उनले नेपालको जलस्रोत नै आर्थिक विकासको आधार हुने हुँदा पानी र उर्जाको अधिकतम सदुपयोगमा ध्यान दिइनुपर्ने बताए ।

बिरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेर सौर्य उत्पादनको अनुभव संगालेका मन्त्री शर्माले भने, ‘मानौं हामीले सौर्य उर्जा उत्पादन गर्‍यौ, तर उर्जा किनबेचको अधिकार संघीय सरकारको मातहतमा छ, हामीले उत्पादन गरेर पनि बेच्ने कसलाई ? कसरी भन्ने अन्योलता कायम छ ।’

नयाँ मन्त्रालयको सृजना हुँदा काम गर्न केही कठिनाई भएको बताउँदै नयाँ संरचरना भएको मन्त्रालयमा केही दिन सतही जग खडा गर्न समे लाग्ने बताए । उनले भने, ‘खानेपानी पहुँचको अभाव भएको ठाउँमा खानेपानी र बिद्युत पुग्न नसकेको स्थानमा तत्काल सौर्य उर्जाको काम प्रारम्भ गछौं, नीति तथा कार्यक्रममा प्रदेशका जनतालाई शुद्ध खानेपानी र सौर्य उर्जाको उपलब्धता बढाएर बिद्युतको खपतमा कमी गर्दै सौर्य उर्जाको प्रभावले वातावरणी असरलाई समेत कम गर्र्ने उदेश्यका साथ कामको थालनी गरेका छौं ।’


२०७८ जेष्ठ ३१, सोमबार १७:२९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु