सप्तरी : सप्तरीको बोदे बरसाईन–विसनपुर सडकखण्डमा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक जना युवकको मृत्यु भएको छ ।

खडक नगरपालिका–८ पहाडे भदिया चौकस्थित स १ त २७२६ नम्बरको ट्याक्टरले गए राति अनटेष्ट मोटरसाइकललाई ठक्कर दिएपछि दुर्घटना भएको हो ।

दुर्घटनामा सोही ठाउँका २२ वर्षीय अनिल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव प्रसाद काफ्लेले बताए ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारको लागि लहानस्थित राउ स्मारक अस्पताल पठाउँदा मृत्यु भएको उनले बताए ।

ठक्कर दिने ट्याक्टर नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । File photo

२०७८ असार १, मंगलवार १३:४५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय