
मेलम्ची : मेलम्ची ओलाले हेलम्बुदेखि उर्लिएर नदि करिडोरमा बितण्डा मच्याउँदै आएको बाढीले सदरमुकाम चौतारा जोड्ने पक्कि पुल बगाएको छ ।
राति करिब पौने २ बजेको समयमा चौताराबाट नवलपुर हुँदै मेलम्ची जोड्ने पक्की पुल बाढीले भत्काएको हो ।
यो संगै बाढीले गरेको प्रारम्भिक क्षतिहरुमा हेलम्बुको नाकोते पुल, मेलम्ची खानेपानीको हेडवक्स, तिम्बु बजार, चनौटे बजार, खोला किनारका ८ माछा फर्महरु, खेती योग्य जमिन, आमा ह्योल्मो बसपार्क, सिटि पार्क रहेको स्थानीयले जनाएका छन् ।
मानवीय क्षति सहित मेलम्चिमा बहुउद्देश्यीय कभर्डहल, मेलम्ची फन पार्क, होटल रेष्टुरेन्ट, घर घडेरी, खेत, पुल, ट्राउट फर्म आदि गरि अर्बौंको क्षति भएको स्थानीय सिपी दुलालले बताउनु भयो । मानवीय क्षतीको वास्तविक विवरण आएको छैन्।
मेलम्ची बाढीबाट बिस्थापित भएकाहरू अधिकांशले आज खुल्ला आकाशमा रा गुजारेका छन् ।
अविरल बर्षा नरोकिँदा उर्लदों खोलाले घर कटान गर्ने सम्भावना भएकाले नदि करिडोरका बासिन्दा ज्यान जोगाउने माथि उक्लिएका हुन् ।
खोलाको वहाव अझै उस्तै रहेकाले त्रास झनै बढेको छ ।
हेलम्बु, ग्याल्थुमवासी ज्यान जोगाउन बजार माथि पुगेका छन् । यता मेलम्ची बजारका स्थानीय आफ्नो थलो छाडेर सार्वजिक जग्गामा बसेका छन ।
बाढीले दर्जनौं बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिद्युत आर्पूि बन्द भएकाले उद्दार गर्न सकिएको छैन । कति क्षति भयो भन्ने एकिन हुन सकेको छैन ।
वर्षा नथामिएकाले समस्या उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले जानकारी दिनुभयो ।
हेलम्बुमा रहेको प्रहरी कार्यालय भवनसम्म बाढी पसेको छ । सडकहरू बगाएको स्थानीयले जानकारी दिएका छन ।
हिजो साझ पाँचपोखरी थाङ्पाल गाउँपालिका ३ भोताङ स्थित लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र लार्के भन्दा माथी भीषण पहिरोले इन्द्रावती नदी लगभग एक घण्टा थुनिएको थियो । भने हेलम्बु गाउँपालिका १ मेलम्ची खानेपानी मुहान माथी नाकोतेमा भीषण पहिरोले मेलम्ची खोला थुनिएको थियो ।