कोरोनाका कारण जारी गरिएको निषेधाज्ञाले घर भित्र थुनिएका नेपाली जनता माथी अर्को प्राकृति विपत्ति थपिएको छ । जनता मर्दै छन सरकार भने मितिङ माइनेतिङ गर्दै ब्यस्त ।

आफ्नो कुर्सी धरापमा पर्यावेला हजारौं लाखौं जनता काठमान्डौं ओसार्ने नेता र सरकार पक्षका नेताहरु भने आइले जनतालाई परेको वेला देखा परिरहेको छैन ।

हाम्रो देशमा सरकार भाको वा नभाको अनुभूतिनै हुदैन, कोरोना आउँदा विभिन्न समाज सेविहरुले दिन-रात नभनी खत्नु पर्ने, विभिन्न सङ- संस्थाहरु आफ्नो सम्पुर्ण समय पीडितको उद्धार तर्फ दिनु पर्ने, अइले देशमा संकट माथी संकट आउँदै छ, अविरल वर्षाले गर्दा देशले भयानक बादी – पहिरो खेप्नु परेको छ, तर देशमा सरकार छ भन्ने अनुभुति भने पीडितले गर्न सक्या छैनन् ।

यसतो भयावह परिस्थिति हुँदा पनि विभिन्न संस्था र समाज सेवकहरुले एक – आर्का बाट सहयोग संकलन गरेर बादी पीडितलाई सकेसम्म सहयोग गर्ने तर्फ जुतेका छन भने सरकार मितिङ गर्दै ब्यस्त छन र पीडितको मृत्यु भइसकेपछि र अवस्था सामान्य भए पछी दुख प्रकत गर्नेछन् अनि सिधयो ।

पछील्लो वर्ष देशभरी भारी वर्षा हुदा कयौं घर- बार बादीले बगाए, लाखौं मानिसले बादीको कारण आफ्नो ज्यान गुमाए अनि पुर्व मन्त्री जिउले आफ्नो सरकारको तर्फ बाट पीडितलाई थुप्रै प्रतिबद्धता दिएका थिए, तर आइले सम्म उप्लब्धी भने सुन्ना । आपतका वेला प्रतिबद्धता अनि आपत काल सकिसकेपछि, कुन प्रतिबद्धता के काम केही वास्ता हुँदैन । सरकारले यस्तो विषम परिस्थितिको वेला पनि जनताको रक्षा गर्नुको सातो आफ्नो कुर्सीतर्फ ध्यान दिएका छन ।

यस वर्ष मनसुनजन्य विपदबाट देशभरमा १८ लाख मानिस प्रभावित हुने अनुमान छ । जल तथा मौसम विज्ञान विभागले विगतका वर्षहरूमा भन्दा यस वर्ष सरदरमा गत वर्षभन्दा धेरै वर्षा हुने जनाएको छ । गत वर्षको तथ्यांक हेर्दा विपद्बाट देशभरमा ५ सय ७३ जनाको ज्यान गएकोमा मनसुनजन्य विपद्बाट मात्रै ४ सय बढीको ज्यान गएको थियो ।

यस वर्ष मनसुन अवधिमा गत वर्षभन्दा जोखिम बढी रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको हो ।

यस वर्ष पहाडी तथा हिमाली क्षेत्रसहित देशभर गत वर्षभन्दा बढी पानी पर्ने सम्भावना छ ।

यस वर्ष भने बाढी तथा पहिरो दुवैको पूर्वानुमान गर्न सकिनेगरी प्रणालीको विकास गरिएको छ ।

डुबान जोखिम जिल्ला : कञ्चनपुर, कैलाली, बाँके, दाङ, रौतहट, सिरहा, सप्तरी, पर्सा, मोरङ, चितवनलगायत

उनले यस वर्ष २३ जिल्लाका १६ लाख ८७ हजार मानिस बाढी तथा डुबानबाट र २६ जिल्लाका १ लाख १७ हजार मानिस पहिरोबाट प्रभावित हुने पूर्वानुमान रहेको जानकारी दिएका हुन् ।

दार्चुला, बैतडी, डडेल्धुरा, अछाम, बझाङ, बाजुरा, डोटी, दैलेख, डोल्पा, हुम्ला, जुम्ला, जाजरकोट, अर्घाखाँची, बागलुङ, भोजपुर, धादिङ, गोर्खा, गुल्मी, इलाम, काभ्रेपलाञ्चोक, कास्की, खोटाङ, लमजुङलगायतका जिल्लामा पहिरोको जोखिम रहेको प्राधिकरणले जनाएको छ ।

यस्तै, कञ्चनपुर, कैलाली, बाँके, दाङ, रौतहट, सिरहा, सप्तरी, पर्सा, मोरङ, चितवनलगायतका अधिकांश जिल्लामा बाढी तथा डुबानको जोखिम रहेको छ ।

हामीले प्राकृतिक विपत्ती रोक्न सक्दैनौं तर यस बाट बच्ने र पीडितलाई बचाउने दीर्घकालीन उपायहरु आवस्यक गर्न सक्छौं । यसरी अकालमा कसैको ज्यान नजाओस – आदित्य महतो

२०७८ असार ३, बिहीबार २०:३०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय