जनकपुरधाम : महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीलाई जन्म स्थान महोत्तरीको मटिहानीमा भव्य स्वागत गरेका छन् । मन्त्री भएपछि पहिलो पटक शुक्रवार जन्म स्थान महोत्तरीको मटिहानी आउनु भएकी मन्त्री चौधरीलाई त्यहाँका स्थानीय जनताले भव्य स्वागत गरेका हुन ।

मटिहानी नगरपालिकाद्धारा आयोजित स्वागत तथा सम्मान समारोह कार्यक्रममा मन्त्री चौधरी सहभागी भएकी थिइन । कार्यक्रममा सम्बोधन गर्दै मन्त्री चौधरीले आफना स्वर्गीय दाजुलाई सम्झना गर्दै भावुक हुदैं भने, ‘म कहिले क्याबिनेट मन्त्री हुन्छु भनेर सोचेको थिइन, तपाईहरुको माया, आर्शिवाद र सहयोगले म आज क्याबिनेट मन्त्री भएको छु । यसको सम्पूर्ण श्रेय तपाईहरुलाई जान्छ ।’

आफु जहिले पनि मटिहानी आउँदा यहाँको जनताको अपार साथ, समर्थन र सहयोग रहेको प्रशंसा गर्दै आफु मन्त्री पदमा भए पनि नभएपनि सधैं जनताको दुःख सुखमा साथ रहने मन्त्री चौधरीले प्रतिबद्धता व्यक्त गरिन । सामाजिक कार्यमा सधैं अग्रपंक्तिमा रहनु भएकी मन्त्री चौधरी नियुक्त भएपछि जिल्ला पुँग्दा स्थानीय जनता निकै खुशी देखिन्थे ।

त्यस्तै, मन्त्री चौधरीले शनिवार विहान जनकपुरमा रहेको माता जानकीको मन्दिरमा पुजाआजा र दर्शन गरेकी छन । जानकी मन्दिरका मुख्य पुजारीले मन्त्री चौधरीलाई स्वागत गरेका थिए ।

आजै मन्त्री चौधरीले प्रदेश २ का प्रदेश साँसदहरु सँग भेटघाट र शुभकामना आदान प्रदान समेत गरेकी छन । मन्त्री चौधरी नागरिक समाज, स्थानीय नेता कार्यकर्ता, आम सर्वसाधारण पत्रकारहरुसँग छोटो छलफल समेत गरेकी थिइन ।

२०७८ असार ५, शनिबार १२:३८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय