जनकपुरधाम : धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं.३ को सर्सा टाेलका श्री राम कुमार पंण्डित पारालाइज का शिकार छन र केही दिन पहिला उहाँ खरैयामा उपचार गरेर अहिले घरमा आएका छ्न र उहाँको श्रीमतीको पनि खुट्टामा खाउ भएको छ र उहाँ पनि कयौं महिनादेखि बिरामी भएर घरमै हुदा स्थानीय बासीहरुले चन्दा उठाएर उहाँलाई धरानमा उपचार गराएका थिए र अहिले दुबै जना घरमा छन यहाँ काे परिवारको आर्थिक अवस्था एकदमै कमजोर, दयनिय रहेको हुनाले उहाँको श्रीमती द्वारा भिडियो मार्फत आर्थिक सहयोग को लागि अपिल गरिएको थियो।

उहाँ को अपिल स्विकार्दै नाैसय विग्हा समाज सहयोग युवा समुह द्वारा आज मिति २०७८/३/५ गते शनिबार का दिन नगद नेपाली रुपैयाँ ३१,०५१ (एकतिस हजार एकावन रुपैया मात्र) सहयोग गरिएकाे छ।

पिडित परिवारले नाैसय विग्हा समाज सहयोग युवा समुह का र उहाँलाई सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरु साउदी,कतार,मलेसिया,कुवेत,काेरिया मा कार्यरत युवाहरु लाई हृदय बाट धन्यवाद व्यक्त गर्नुभएको छ । त्यतिमात्रै नभइ त्याहाँ का सम्पुर्ण स्थानीय बासीहरुले पनि धन्यवाद गर्नु भएको छ।

सेवा र सहयोग नै मानव धर्म हो मुलमन्त्र मान्दै , सामाजिक उदेश्यहरु प्रती काम गरिदैआइरहेका र देशमा अशाय निसाय, बिपन्न परिवाररहरु , दलित , बिरामी जस्ता समस्या ग्रसित अत्यन्तै पीडित नेपाली समुदाय हरुलाई साथ सहयोग तथा आर्थिक सहयोग गरिदैआईरहेका छन । समाजिक युवा सहयोगी मनहरूलाई अग्रतामा राखेर यो समुह प्रमुख भुमिका समाज कल्याण को हितमा कार्य गर्दै आएको छ।
समाजमा सद्भाव,मानवता को परिचय का साथ देशमा समस्या परेको बेला साथ सहयोग सम्पूर्ण मधेशी लगायत देशवाशी मा समर्पित छन ।
धेरै धेरै धन्यवाद अरुण कुमार मण्डल,कुशेश्वर मण्डल , राम कुमार शर्मा ,विजय कुमार यादव, विन्दल कुमार यादव , दिनेश कुमार मण्डल र शंम्भु कुमार मण्डल ज्यु लाई कि पिडित को घरमा गएर उक्त सहयोग राशि हस्तान्तरण गर्नु भएकाे थियो ।


२०७८ असार ७, सोमबार ०९:३०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय