सिरहा : सिरहामा करेन्ट लागेर दुई जनाको मृत्यू भएको छ । लहान नगरपालिका ९ गोठटोलका ५० वर्षीय जोगिन्द्र साहको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको हो ।

खेतमा कल गाड्ने क्रममा १२ हजार भोल्टको तारले करेन्ट लागेर साह गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि सप्तऋषि अस्पताल लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यस्तै भगवानपुर गाउँपालिका ५ लालपुरका ४५ वर्षीय देव नारायण यादवको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । आफ्नो घरको मिटरको तार जोड्ने क्रममा तार सर्ट भई अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

२०७८ असार ७, सोमबार २०:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय