
जनकपुरधाम : धनुषामा फेरि निषेधाज्ञा थपिने भएको छ । ७ गते देखि असार १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञ थप गर्न सिफारिस गरिएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले बैठकले केही खुकुलो बनाउँदै निषेधाज्ञा लम्ब्याउ सिफारिस गरेको हो । परिमार्जित सहितको निषेधाज्ञा सोमबार राति १२ बजेदेखि सातदिनको लागि थप गर्ने निर्णय गरेको हो ।
अत्यावश्यक कामका लागि घर बाहिर निस्कदा वा सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने र व्यक्ति–व्यक्तिका बीच कम्तीमा २ मिटरको दुरी कायम गर्ने निर्णय समेत समितिले गरेको छ ।
भोलिदेखि सैलुन, सिनेमाहल, पार्टी प्यालेस बाहेक सबै सेवाहरु मापदण्डको पालना गरी खोल्न समितिले सिफारिस गरेको छ । निजी सवारीसाधन जोरविजोर प्रणालीमा चलाउन पाइने भएको छ ।
आवश्यक पसलहरु दिउँसो ३ बजेदेखि खोल्न पाइने र जोरगते जोर विजोर गते विजोर सवारीसाधान चलाउन पाइने समितिले निर्णय गरेको छ ।
यस्तै विद्यालयमा भीडभाड नगरी मापदण्डको पालना गरी पालैपालो पुस्तक वितरण गर्न सकिने, सरकारी तथा अर्ध सरकारी कार्यालयहरु मपदण्डको पालना गरी खोल्न पाइने, बैंक तथा वितीय संस्थाहरु नियमित संचलान गर्ने लगायतको सिफारिस समितिले गरेको हो ।