prabhu_sah_mowadi

जनकपुरधाम :  माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका प्रभु साह पदविहिन अवस्थामा पूर्व माओवादीलाई बटुल्दै प्रभुत्व बनाउने प्रयास थालेका छन् ।एमाले प्रदेश २ को इञ्चार्ज रहेका साहको पद सर्वोच्च अदालतको फैसलापछि समाप्त भएकोछ । एमाले र माओवादी केन्द्र कतै नरहेका साह अहिले बिचल्लीमा परेका छन् ।

सरकारी र दलगत पदमा नरहेको अवस्थामा पूर्व माओवादीलाई बटुल्ने प्रयास गरेका छन् ।तर उनले आयोजना गरेको भेलामा आधा दर्जन नेता, कार्यकर्ताको समेत उपस्थिति भएन् ।

प्रदेश सभासदस्य पद गुमाउदै माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका रामचन्द्र मण्डललाई साहले च्यापेको आरोप लगाउँदै एकत्रित भएका सिमित नेताहरुले आलोचना गरे ।पूर्व माओवादीहरु मन्त्रीबाट हटेपछि साहले मण्डललाई सरकारमा सहभागि गराउन जोडबल गरेका थिए ।तर उनले मण्डललाई सरकारमा पठाउन असफल रहे ।हुनत १८ दिनमा नै मन्त्रीहरु अदालतको आदेशबाट हटेका छन् ।

अत्यन्त महत्वपूणर् भनी बोलाइएको भेलामा एमालेका नेताहरुले त साहलाई तिरस्कार नै गरे ।जिल्ला अध्यक्ष राजकिसोर यादव औपचारिकता पुरा गर्न मात्र गएको बताए ।बैठकमा एमालेका अन्य कुनै नेता, कार्यकर्ता उपस्थित भएनन् । पूर्व माओवादी केन्द्रकापनि रामचन्द्र मण्डल, नन्दकिसोर यादव, विमल साह, तेजनारायण यादव, श्रीलाल महासेठ मात्र बैठकमा थिए ।

नेकपा एमालेमा आएका माओवादी केन्द्रका नेताहरुले पुरानो विचार र टिका लगाउने प्रवृती स्वीकार्य नहुने बताउँदै साहको आलोचना गरे । एमाले पार्टीमा समायोजन हुन नसेकाका माओवादी नेताहरु एमालेको पुरानो बिचार र प्रवृतीमा अगाडी बढन नसक्ने निष्कर्ष निकाले । माओवादी छोडेर एमालेमा गएका नेताहरुलाई जिल्ला, प्रदेश र केन्द्र तहमा पार्टी भित्र समायोजन हुन समस्या भएपछि बुधबार जनकपुरमा बसेको बैठकमा पुर्व माओवादी नेताहरुले दुवै पार्टीको पुराना सिद्धान्त छोडेर युग अनुसार समाजवादको नया सिद्धान्तका साथ अगाडी बढने निणर्य गरेको बैठकमा सहभागि नेताले बताए ।

दुवै पार्टीको बिचार मिलाएर अगाडी बढे स्वीकार्य हुन सक्छ’ बैठकमा सहभागि श्रीलाल महासेठले भने, ‘एमालेको सिद्धान्त र बिचार जस्ताको त्यस्तै मानेर पार्टीमा बस्न सक्ने अवस्था छैन् । छलफलमा पार्टी भित्र रहेको अन्य बाधा र समस्या बारे बहस भएको उनले बताए । नेताहरुबीच भेटघाट मात्रै भएको र अनौपचारीक बैठक नभएको पूर्व प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले बताए । नेताहरु बीच भएको भेटघाटमा पार्टीको बिचार, संगठन, संघर्षको विषयमा समान्य छलफल भएको हो’, उनले भने,‘पार्टी भित्र कुनै विवाद छैन ।’ विधि, सिद्धान्त र पद्धतीको बिरोध गर्नु भन्दा पहिले बुझनु पर्ने हुन्छ । आजको जनकपुर टुडेले यो खबर छापेको छ ।

२०७८ असार १०, बिहीबार ०६:३३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय