आदरणीय प्रधानमन्त्री ज्यू , अभिवादन
तपाई सन्चै हुनुहुन्छ भन्ने मलाई थाह छ ? सुखद सन्चोको कामना गर्दछु । तर म यहाँ हामी जनता प्रतिशत भरी पनि सन्चो बिसन्चो सोधखोज गर्ने कोही छैन् । हामी मात्र हैन, नेपाली जनता धेरै अस्वस्थ्य छ । यो कुरा तपाईलाई भनिरहनु नपर्ला ? कोरोनाको भयाभह परिस्थिती र तपाईको व्यक्तिगत कुर्सी मोहले मृत्युको सैंयामा पुगेका जनताका प्रतिनिधि मुलक संस्था प्रतिनिधिसभाको दोश्रो पटकको विघटनले सारा देशका जनतामा अव यो देश कतातिर धकेलिन्छ ? के देश अनिश्चिता र अन्यौलको धमिलो भुमरी मात जाने होईन ? भन्ने शंका-उपशंका आम जनसमुदायको मस्तिष्कमा उव्जिन थालेका छन् । सारा नेपाली चिन्तित छन् ।
आदरणीय प्रधानमन्त्री ज्यू,
संविधान निर्माणका निमित्त दशवर्ष जनयुद्ध, दोश्रो जनआन्दोलन, मधेश आन्दोलनमा हजारौ परिवर्तन चाहने योद्धाले आफ्नो ज्यानको अहुति दिए । तर आज एउटा कुर्सीको देशको प्रधानमन्त्रीले संविधानलाई समेत कसरी लत्याईरहेको छ त्यो हामी सबैमाझ जगजाहेर छ । प्रधानमन्त्री ज्यू तपाईले पदको गरिमा बुझन सक्नु भएन । कमसेकम देशको समान्नित महामहिम राष्ट्रिपति जस्तो गरिमामय पदमा विराजमान राष्ट्रियपति ज्यूलाई आफ्नो ईसारामा चल्ने कसरी बनाउन कसरी सक्नु भएको होला ? ठिक छ तपाईले नेपालको संविधानको विभिन्न धारा उपधारा पढन छुट भएको होला किन भने गणतन्त्र, संघियता तपाईको रुचिको विषय थिएन र भएन पनि ! तपाईको रुचिको विषय कमिक्स, उखान, टुक्का रहेछ । धारा उपधारा राम्रोसंग नपढेकाले तपाईले पहिलो चोटि संसद विघटन गर्नुभयो । तर सर्वोच्च अदालतले संसद पूणर् जिवित गरिसकेपछि पनि पूणर् तपाईले दोश्रो पटक प्रतिनिधिसभा विघटन गर्नु तपाईको अदालत प्रति कुनै किसिमको सम्मान छैन भन्ने दर्साउछ । प्रधानमन्त्री ज्यू नेपाललको संविधान सवैले सजिलै बुझन सक्ने गरि लेखिएको छ । तर विडम्वना तपाई जस्ता (अति जान्ने) (अति सुन्ने व्यक्तिले) कसरी संविधानको मर्म बुझन सक्नु भएन । दोश्रो पटक तपाईले नेपाली जनताको प्रतिनिधि मुलक संस्था प्रतिनिधिसभाको निर्माता पुर्वक हत्या गरेर प्रतिगमनको दोश्रो भाग पनि तपाई ‘ओटिकसको’ व्याख्या अनुसार गर्नुभयो ।
नेपालको संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्रीले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने तर विश्वासको मत नलिई र राजीनामा नदिई नयाँ सरकारको गठन कुन आधारमा गर्नु भयो ?
प्रधानमन्त्री ज्यू नेपाल देश कसैको एकलौटी थलो पक्कै होईन ! नेपाल देशलाई आफ्नो एकलौटी ठान्नेहरुको परिणाम यहाँलाई राम्ररी याद होला । पहिलो प्रतिनिधि सभाको विघटनको विपक्षमा आएको सर्वोच्चको निणर्यले पहिला सरकार गठनको प्रयास गरेर त्यो सम्भव नभएमा प्रक्रिया समेत विघटनको बाटो सम्म जानुपर्ने देखिन्छ । तर विडम्वना ताजा जनादेशको वाहानामा तपाई २ चोटी जनताको प्रतिनिधि मुलक संस्था प्रतिनिधि सभालाई विघटन गर्नुभयो । यो साधारण ज्ञानको अभाव पक्कै होईन् । चुनावमा अर्बो खर्च हुन्छ । तिन वर्षमा तपाईले ७ खर्वको ऋणलाई १५ खर्व पूर्याउन सफल हुनुभयो । हरेक आम नेपालीको टाउकोमा करिव ५५ हजारको ऋण भार तपाई आफ्नो कार्याकालमा थप्न सफल हुनुभएकोमा के हामी नेपालीले तपाईलाई बधाई दिनुपर्ने ?
प्रधानमन्त्री ज्यू विश्वासको मत पनि नलिदै प्रधानमन्त्री पद रिक्त नहुदै अर्को प्रधानमन्त्री चयन गर्ने प्रक्रियामा जाने व्यवस्था संविधानको कुन धारामा छ ? प्रतिनिधिसभाले विश्वासको मत लिने वा नलिने भन्ने निर्धारण वा परिक्षणको काम गर्छ तर प्रतिनिधिसभाले गर्नुपर्ने काम राष्ट्रपति कार्यालयले निष्कर्ष निकालेर प्रतिनिधिसभा विघटनको वाटोमा डोर्याउनु भयो । संसदको काम राष्ट्रपति कार्यालयले गर्नुपर्ने व्यवस्था कहाँ छ ?
असंवैधानिक, अनियमिता प्रतिगमनकारी कार्यहरु गर्न तपाईलाई प्रोत्साहन पुर्याउने तपाईका योजनाकारहरु तपाई नेपाल र नेपालीको हित निम्ती प्रतिनिधिसभा विघटन पक्कै गरेका होइन् ।
नेपालको आफ्नै ईतिहास आफ्नै गौरवका गाथा आफ्नै विरताका गाथाहरु छन् । तर तपाई खड्क प्रसाद ओलीे नेपालको प्रधानमन्त्री जस्तो पदमा बसेर पदको गरिमालाई धुम्ल्याउने काम गर्नुभो त्यसको क्षतिपूर्ती सायदै होला । जसका कारण हामी नेपालीहरुको शिर झुकेको छ । हामी नेपाली माथी आज सारा जगत ठट्टा गर्दैछन । हाम्रो व्यवस्थापिका र न्यायलय माथी प्रश्न चिन्ह उब्जिएको छ । प्रतिगमन र अग्रगमणको भुमरिमा देश फसेको छ । यही कदम र कारण कतिपयको न्यायलय माथिको भरोसामाथी बज्रपात भएको छ । हाम्रो देशको सम्मानित प्रधानमन्त्री पद माथी उच्च कोटिको सम्मान छ । खड्ग प्रसाद ओली ज्यू विनम्र अनुरोध छ । कृप्या हाम्रो देशको सम्मानित पदको ठट्टा बेइज्जत हुनबाट रोक्नुस ।
तपाईको प्यारो नागरिक
अजय कुमार यादव

