महोत्तरी : केहि दिनदेखि परेको लगातार बर्षाले महोत्तरी सदरमुकाम जलेश्वर डुबानमा परेको छ ।

सरकारी भवन लगायत भारी संख्यामा निजी घरहरु डुबानमा परेका छन् ।

जलेश्वरमा नयाँ सडक बनाउने नाउँमा मूल सडकसहित नगरभरिको सडकहरु ३/४ फिटसम्म खनेर शहर नै गहिरो बनाइ दिएपछि वर्षाको पानी जमेर जिल्ला अदालत, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला शिक्षा समन्वय इकाई, कृषि कार्यालय, पशु कार्यालयलगायत सरकारी कार्यालयहरु जलमग्न भएका छन् ।

सोमवार बिहान नौ बजेदेखि १० बजेसम्म परेको मुसलेधार पानीका कारण सरकारी कार्यालय डुबानमा परेपछि सेवाग्राही र कर्मचारीलाई समेत आवतजावत गर्न समस्या भइरहेको छ ।

२०७८ असार १५, मंगलवार ११:३३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय