जनकपुरधाम : सिरहा–धनुषा जोड्ने कमला नदीको पुल सञ्चालनमा नआउँदै भाँसिएको छ । आज विहान बाढी आउँदा पुलको एउटा पिलर भाँसिएको हो ।

सञ्चालनको तयारी भइरहेको बेला पुलको एउटा पिलर भाँसिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिप कणेलले जानकारी दिए । उनका अनुसार पुलमा १२ स्पान (पिलर) रहेको छ । जसमध्ये एउटा एक फिट भाँसियो । पुलको निर्माण डिजाइन अनुसार काम नभएको वा डिजाइन नै गलत भएकोले भाँसिएको हुनसक्ने प्रजिअ कणेलको भनाई छ ।

४७० मिटर लामो पुल मात्र ४२ महिनामा बनाउने सम्झौता पप्पु कन्ट्रक्सनले गरेको थियो । तर पप्पुले ३५ प्रतिशत काम गरेर निर्माण अलपत्र पारे । त्यसपछि लुम्बिनी जेभीले काम गरेको बुझिएको छ । भाँसिएको स्पानको काम पप्पुले नै गराएको थियो । पुल निर्माण पुरा भइसकेकाले केहि दिनमै सञ्चालनमा ल्याउने तयारी भइरहेको थियो । तर पुल भाँसिएपछि सो क्षेत्रका सिरहा–धनुषाका बासिन्दा चिन्तित बनेका छन् ।

२०७८ असार १७, बिहीबार १७:४२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय