
जनकपुरधाम : प्रदेश – २ का सरकारद्वारा बेटी पढाउ बेटी बचाउ अभियान अन्तरगत बिहिबार जनकपुरधाम उप – महानगरपालिका -१४ मुजेलिया स्थित श्री माध्यमिक विद्यालय सोहनी ,मुजेलियामा कक्षा ८ का अध्यनरत छात्राहरुलाई ६२ वटा साइकल वितरण गरेका छन् ।
यस साइकल वितरण कार्यक्रमका प्रमुख अतिथि प्रदेश नमबर २ का अन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवको उपस्थितिमा छात्राहरुलाइ साइकल वितरण गरिएको छ ।
साइकल वितरण कार्यक्रमको अध्यक्षता जनकपुरधाम वार्ड नमबर -१४ का वार्डा अध्यक्ष पुण्य प्रताप यादव ज्यु अध्यक्षता गरेको थियो । श्री माध्यमिक विद्यालय सोहनी मुजेलियाका प्रधानाध्यापक भोला यादव , राम रतन राय , समाज सेवी राम दत्त ठाकुर भु.पु. वार्डा अध्यक्ष मोहन यादव , राम दुलार यादव ,नेपाली काङ्ग्रेसका वार्ड सभापति हरि लाल राउत , दलित युवा नेता राम बिलास धनकार जी शिक्षक , शिक्षिका, अभिभावक लगायत विद्यार्थीहरुको सहभागितामा साइकल बितरण कार्यक्रम सप्पन्न भएको छ ।