
धनी राम काेरी
कपिलवस्तु : कपिलवस्तु नगरपालिका वडा नं.४ पिपरी स्थित नहर बाट प्रहरीले अबैध भैंसी बरामद गरेको छ ।
भारतबाट भैंसीहरु खरिद गरी अवैध तरिकाले नेपाल ल्याई नेपाल भारत सिमावर्ती ईलाका नजिकबाट लु २ च ७४६० नं.को पिक अप भ्यान मा लोड गरी ल्याउँदै छ भन्ने गोप्य सुचनाको आधारमा खोजतलास गर्दै जांदा गाडी भित्र २ वटा पाडा र २ वटा भैसी लोड गरेको अवस्थामा फेला पारी गाडी र चालक लाई प्रहरीले नियन्त्रण लिएको प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिनु भयाे ।
अबैध रुप मा भैंसी बरामद गरि आवश्यक कारवागरी काे लागि भन्सार कार्यालय पठाईएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताउनु भयो ।