काठमाडौं : काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लागू भएको जोरबिजोर प्रणाली हटेको छ ।

आइतबार सबेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठकले असार २२ गतेदेखि लागू हुने गरी जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो । २२ गतेपछि सबै सार्वजनिक सवारी साधन चल्ने भएका छन्।

सूचनामा स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरेरेर सबै सवारी साधन सञ्चालन गर्न पाइने उल्लेख गरिएको छ । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरेको थियो ।

कोरोना संक्रमण घट्दै गदैपछि प्रशासनले सबै निजी र सार्वजनिक सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको हो ।

२०७८ असार २०, आईतवार १८:१७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय