
कपिलवस्तु : मुख्यमन्त्री ग्रामिण बिकास तथा रोजगार कार्यक्रम अन्तर्गत गर्भवती तथा सुनौलो हजार दिन भित्रका महिलाहरुलाई पौस्टिक अहार वितरण कार्यक्रम कपिलवस्तु नगरपालिका वडा नं. १ को कार्यालयमा आज सम्पन्न भएको छ ।
कपिलवस्तु नगरपालिका वडा नं. १ का वडा अध्यक्ष सुदिप पौडेलको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा कपिलवस्तु नगरपालिका उप-प्रमुख लक्ष्मी गुप्ताको प्रमुख अतिथीत्वमा तथा कार्यक्रमको सहजकर्ता रुकैया खातुनको उपस्थितिमा ३० जना महिलाहरुलाई पौस्टिक अहार वितरण गरिएको छ ।
उक्त कार्यक्रम कपिलवस्तु नगरपालिकाको १२ वटा वडा कार्यालयमा रहको सहजकर्ता रुकैया खातुनले सन्चारकर्मी इमरान खानलाई बताए ।