
कपिलवस्तु , असार २८
कपिलवस्तु जिल्ला काे महाराजगन्ज नगरपालिकामा सर्वोच्च अदालतको फैसला स्वागत योग्य रहेका भन्दै महाराजगन्ज नगरपालिका काे महाराजगन्ज मा नेपाली कांग्रेस का निकट युवाहरुले दीप प्रज्वलन गरी स्वागत गरेको छन ।
नेपाली कांग्रेस पार्टीका निकट अभिषेक मणि यादव काे नेतृत्वमा महाराजगन्ज मा दीप प्रज्वलनगरेर स्वागत गरेका छन् ।
सर्वोच्चले प्रतिनिधि सभा पुनःस्थापना गरेको र प्रधानमन्त्रीको अग्रगमन र प्रतिगमन पक्षधरको एकता भएको बताउनुभएको छ ।
उहाँले प्रधानमन्त्री ओलीले संविधान विपरीत र राष्ट्रघातक कदमलाई सर्वोच्चाले सही निर्णय गरेको बताउँदै ऐतिहासिक निर्णयको स्वागत र समर्थनमा दीप प्रज्वलन गरेको गरिएको बताउनुभयो ।
कार्यक्रममा अभिषेक मणि यादव , घनश्याम यादव , राहुल वर्मा , राज गुप्ता र विष्णुप्रसाद तिवारी लगायत अरु युवाहरु काे सहभागीता रहेको थियो ।