सत्यनारायण पाल (सप्तरी) : संसारमा शरीर धारण गरेका हामी चैतन्य प्राणिहरुलाई जीवन यापन गर्नका लागि उचित बाताबरण,  सास फेर्नका लागि प्राणवायु जिवित रहन खाना र शक्ति आवश्यक भएजस्तै जीवन सफलतापुर्वक बाच्न सुख चाहिन्छ । राम्रो मिठो र स्वस्थ्यबर्धक खाना, शरीर ढाक्न सफासुग्धर र नरम लुगा, बस्नको लागि राम्रो र सुबिधासम्पन्न बासस्थान, एक ठाँउबाट अर्को ठाँउ आवतजावत गर्न आन्न्दायी सवारीसाधन, मनखुसी राख्न विभिन्न प्रकारका मनोरञ्जनका साधनहरु जस्तै-टिभि, रेडियो, मोबाइल कम्प्युटर आदि, रोगब्याधि लागेमा चिकित्सक र औसधि उपचारको सुबिधा चाहिन्छ । यी सम्पुर्ण सुखका साधनहरु प्राप्त गरेर मानवप्राणिहरु एक अर्कासङ्ग तुलनात्मक रुपमा प्रतिस्पर्धा गरेर अघि बढन मनको चाहना हुन्छ । यी चाहनाहरु पूरा गर्न एकले अर्कालाई तल देखाएर आफू जहिलेपनि अगाडि बढेको देख्न चाहन्छन। यी ब्यक्तिगत स्वार्थका सपनाहरु पूरा गर्न मुल रुपमा पुन्जीको आवश्यकता पर्दछ । पुजि कमाउन विभिन्न तरिकाहरु अपनाउछन । आफू र आफना सन्तति सुरक्षित राख्न विभिन्न प्रकारका सुबिधाहरु संकलन गरेर, सुरक्षाका उपायहरु अपनाएर आफू खुसी भएको अनुभव गर्छन । आज बिश्वका हरेक देशहरु र देशका महामानव भन्नाउने आत्माहरु आफू सुखी र खुसी रहन अनेका अनेक तरिकाहरु अबलम्बन गरिराखेकाछन । आफू शक्तिशाली बन्न अपार धन सम्पत्ति संकलन गरिरहेकाछन । एकले अर्कालाई दबाउन विभिन्न किसिमका सैन्यशक्ति वृद्धि, हातहतियार निर्माण सम्पुर्ण सृष्टिलाइ विध्वंस पार्ने अनेक अणु बम, परमाणु बम समेत तमतयार अवस्थामा राखेकाछन । विभिन्न देशमा विभिन्न गुट उपगुटहरु सक्रिय  भएर आतंक मचाइरहेका छन।आफनो पद र शक्तिको दुरुपयोग गर्दै विभिन्न अमानवीय कुकृत्यहरु गरिराखेकाछन । यि सम्पुर्ण कार्यहरु जानेर वा अज्ञानताबस नजानेर गरिरहेका भए पनि वास्तविक खुस र शान्ती भएर सबैले आफुभित्र शान्ती अनुभुती गर्न चाहन्छन । सारा समय शक्ति, श्रम र पैसा खर्चेर अन्त्यमा उ आरानसङ्ग निदाउनुपर्छ तर ओछ्यान जतिसुकै सुबिधायुक्त भएपनि, घर सुबिधासम्पन्न भएपनि शरीर जतिसुकै आधुनिक कोशस्तरको श्रीगारले भरिपुर्ण भएपनि मन जहिले पनि अशान्त हुन्छ उभित्र शान्ती हुदैन । राति निन्द्राको औसधि सेवन गरेर सुत्छन, छटपट्टि र बेचैनिले भरिएकाछन जीवन, आखिर किन यस्तो हुन्छन? सबैथोक पुराभएपछि सवै सुबिधाले सम्पन्न भइ सुखका साधनहरु पाएपछि सुखी भएर खुसी भइ शान्ति पाउनुपर्ने, अन्न्द प्राप्त हुनुपर्ने होइन र !
आउनुहोस नआतिनुहोस! तपाइहरु आफुलाइ दुख पाएको नठाननुहोस।हामी संसारका सम्पुर्ण सजिव प्राणीहरुमध्ये सर्वश्रेष्ठ चैतन्य सर्वगुणसम्पन्न महान आत्मा हौ ।हामि तपाई जिवनमा कहिलेपनि असफल हुन सक्दैनौ, दुख पाउन सक्दैनौ । हामी तपाईलाई सुख, शान्ती र आन्न्दले नै पछाइरहेका छन । हामी आफैले आफुलाइ बिर्सेर असन्तोशि भएर पछुतो गरिरहेकाछौ, विभिन्न रोगका सिकार भइरहेका छौ । हामी आफैले आफुलाइ सर्वनाश गरिरहेकाछौ। प्राकृतिलाई सखाप पारिरहेकाछौ । सावधान! हामी सर्वश्रेष्ठ चैतन्य प्राणी हौ, हामीभित्र बिबेक छ,हामीभित्र भावना छ,असल खराब छुट्याउने कसि छ हामी सबैको अन्तहकरन भित्र महान आत्मा छ जसको स्वधर्म नै शान्ती हो । आत्माभित्र शान्तीको अनमोल खजाना छ जसलाइ अनुभव गरेर सजिलैसंग आन्न्द प्राप्त गर्न सक्छौ र हासीहासी आफू, आफना परिवार, समाज र देशका साथै सम्पुर्ण सृष्टि नै शान्ती प्राप्त गरि आन्न्दमै जीवन जिउन सक्छौ। कसरि पाउने शान्ती?, कसरी आन्न्दले जीवन जिउने?, के हो त यसको मुल साचो ?शान्ती पाउन संसारमा सबैभन्दा सस्तो, सजिलो र भरपर्दो उपाय हामी तपाईं स्वयंम आफैसंग छ त्यो हो आत्मसंयम बन्नु, इस्वरिय नियम पालन गर्नु ,आफुले आफैलाइ चिन्नु, आत्मालाई परमात्मासंग जोडनु, सृष्टिलाई आफ्नो अमुल्य समपती सम्झनु ।
शान्ती पाउने सजिलो उपाय हो हामी सम्पुर्ण चराचर सृष्टिका मालिक आत्माहरुको पनि महानआत्मा परमपिता परमात्मा निराकार ज्योतीबिन्दु स्वरुप अथाह ज्ञान सागर, ज्ञान र शान्तिका सागर संग सम्बन्ध कायम गर्न,प्रतेक दिन सबेरै ब्रह्ममुहर्त (बिहान ३:०-५:० सम्म)मा नित्य क्रिया सकेर कमसेकम एक घन्टा मेडिटेशन गर्ने ।सुरुसुरुमा असहज लागेपनि बिस्तारै अभ्यास गर्दै जादा सहज हुन्छ, आफू र आफना परिवार जस्तै सबै प्राणीहरु प्रती करुणाभाव राख्ने, अरुको भावनामाथि मन वचन र कर्म कुनै पनि रुपले ठेस नपुर्याउने, हरेक पल परमपिता परमात्माको यादमा रहने, खाना बनाउदा खादा र सुत्दा इस्वरिय यादमा रहने, हरेक कर्म अध्यात्मिक एवं इस्वरिय मर्यादामा रहेर गर्ने । यी कार्यहरु गर्दै जीवन जिउने कला सिकनु नै सुख शान्ति र आन्न्द प्राप्त गर्ने सहजसुलभ माध्यम हो ।

२०७८ श्रावण ११, सोमबार १२:२९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय