
काठमाडौं : आज यस वर्षको साउन महिनाको तेश्रो सोमबार । हिन्दू नेपाली नारीहरुले आजको दिनलाई विशेष रुपमा लिदैं शिव जी को पूजा अर्चना गरी उपवास बस्दैछन् । यो दिन उपवास गर्दा मनोवाञ्चित फल प्राप्त हुने धार्मिक मान्यता रहेको छ ।
आज शिवलाई मनपर्ने जल, बेलपत्र र गाइको दुध चढाँउने गरिन्छ । सोमबारे ब्रत महिलाले मात्रै नभइ पुरूषले पनि लिन सकिन्छ । नेपालमा केही वर्ष यता पुरूषले पनि यस व्रत लिन थालेका छन् ।
साउने सोमबारका दिन देशैभरका शिवालयहरुमा भक्तजनको भिड लाग्ने गरेको भएपनि यसवर्ष पनि कोरोनाको दोश्रो भेरियन्टको कारण दर्शनार्थीको उपस्थितिलाइ रोक लगाइएको छ ।
साउने सोमबारमा शिवजीको पूजा उपासना गर्नाले आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु र घर परिवारमा सुख शान्ति छाउने धार्मिक मान्यता रहेको छ । ग्रन्थ अनुसार भगवान शिवलाई सोमबारको स्वामी भनिन्छ । त्यसैले यो दिनलाई विशेष दिनका रुपमा लिइन्छ ।