
कपिलवस्तु : महाराजगन्ज नगरपालिका वडा न ११ बघुवा गाउँमा रहेको पुरानो एतिकहासिक समय माताको मन्दिर पर्यटकीय स्थलको रुपमा बिकास हुन थालेको छ ।पहिला पहिला घनघोर जङ्गलको बिचमा निमको रुखमा माता जि स्थान रहेको थियो ।स्थानियहरुको पहल तथा सहयोगमा मन्दिर निर्माण भएको हो ।
महाराजगन्ज नगरपालिका वडा न ११ बघुवा गाउँको उत्तर तर्फ जङ्गलको बिचमा समय माता मन्दिर रहेको छ ।मन्दिरको किनारमा नदि रहेकोले झन रमणीय देखिएको छ । उक्त मन्दिरमा पुग्न बाटो घाटोको रहेको थियो बघुवा समयमाता मन्दिरमा भण्डारा हरु हुने गरेको छ । समयमाता मन्दिरमा मागेको मागन पूरा हुने आस्था कायमै रहेकोले भारत बाट समेत दर्शन तथा पुजाको लागि भक्तजनहरु आउने गरेको स्थानीयहरुको भनाई रहेको छ ।
पर्यटकीय स्थलको सम्भावना रहेको उक्त मन्दिरमा भने महाराजगन्ज नगरपालिका कार्यलयले विभिन्न योजना बिनियोजन गरि बिकासको कामलाई तिब्रता दिएको महाराजगन्ज नगरपालिका वडा न ११ को समाजसेवी जगन्नाथ पुरीले बताउनु भयो । महाराजगन्ज नगरपालिकाले महाराजगन्ज डुमरा सडकको गोल्हिपुर देखि तकदिरपुर हुँदै मन्दिर सम्मा जाने सडक स्तरोन्नतिको काम सप्पन्न भएको समाजसेबि पुरिको भनाई रहेको छ ।
पुजा, भन्डारा गर्ने श्रद्धालुहरुलाई हुने कठिनलाई मध्य नजर गरि महाराजगन्ज नगरपालिकाले आर्थिक बर्ष २०७७/०७८ को नगर स्तरिया योजनामा बजेट बिनियोजन गरि धर्मशाला निर्माणको कार्य सम्पन्न गरेको महाराजगन्ज नगरपालिकाको नगर प्रमुख अब्दुल कलामले बताउनु भयो । बघुवा समयमाता मन्दिरलाई पर्यटकिय स्थालको रुपमा स्थापित गर्न लागि परेको नगर प्रमुख अब्दुल कलामले बताउनु भयो । नगरपालिकाले उक्त कार्यलाई थप प्रभावकारि बनाउन आवश्यक योजना बिनियोजन गरि पर्यटकीय स्थलको रुपमा स्थापित गर्ने नगर प्रमुख कलामले जानकारी दिनु भयो ।
मन्दिरको बिकास संगै बाटो घाटोको समेत बिकास भएकोले स्थानीय खुसी भएका छन ।
बघुवा समयमाई मन्दिरका तस्बिरहरु :-